बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ डोल्पामा छायांकन

असार १४, २०७८


बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र ‘टुल्की’को छायाङ्कन गरिएको छ । द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको हो ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायत हिमाली जिल्लामा कुप्रथाका रुपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्कीमार्फत देखाइएको निर्माता शेखर लामाले जानकारी दिए। नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलोर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरे, निर्माता लामाले भने ।

लचित्र छायाङ्कन सुशील अधिकारीले गरेका छन् भने निर्देशन देवजङ्ग थापाले गरेका हुन। चलचित्रमा प्रोडक्शन म्यानेजर भएर कलाकार लक्ष्मण देवकोटाले काम गरेका छन । चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने लगायतको कलाकारको अभिनय रहेको छ ।