युरोकप: बहुप्रतिक्षित सेमिफाइनल खेलमा आज इटली र स्पेन भिड्दै

असार २२, २०७८


काठमाडौँ : युरो च्याम्पियनसिप २०२० को पहिलो पहिलो सेमिफाइनलमा आज राति इटाली र स्पेन खेल्दै छन् । खेल इङ्ग्ल्यान्डको वेम्बली मैदानमा राति पौने एक बजे हुनेछ ।

दुवै टोली उपाधि दावेदार भएकाले पहिलो सेमिफाइनल रोचक हुने अनुमान गरिएको छ । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनल पुगेको हो भने स्पेनले स्वीट्जरल्यान्डलाई हराएको थियो ।  दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क भोलि खेल्नेछन् ।