२८ वर्षपछि अर्जेन्टिनाले जित्यो अन्तर्राष्ट्रिय उपाधि

असार २७, २०७८


असार २७, अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ । आइतबार बिहान मराकाना रंगशालामा भएको फाइलनमा आयोजक ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको हो । यसअघि सन् १९९३ मा आर्टेमियो फ्रेन्ची ट्रफी जितेको थियो । अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा २२औं मिनेटमा एन्जेल डि मारियाले निर्णायक गोल गरे ।

रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए । खेलमा ब्राजिलले अर्जेन्टिनालाई अधिकांश समय दबाब राखेको थियो। तर, उसले गोल भने गर्न सकेन । दोस्रो हाफमा ब्राजिलका रिचार्लिसनले गोल गरेका थिए, तर भारले सो गोललाई अफसाइटड दिएको थियो ।

यो सँगै स्टार मेसीले पनि करिअरको पहिलो उपाधि जितेका छन् । क्लब फुटबलमा सबै उपाधि जितिसकेका ३४ वर्षीय मेसीले देशका लागि भने पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । सर्वाधिक गोलकर्ता मेसीले प्रतियोगितामा ४ गोल र ५ असिस्ट गरेका छन्। ब्राजिलविरुद्धको फाइलनसँगै उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । सन् २००५ मा राष्ट्रिय टिममा डेब्यू गरेका हुने १५१ खेल खेलेका छन्।