रोटरी क्लबद्वारा दिदीघरलाई खाद्यान्न र पोसाक सहयोग

साउन ०१, २०७८     शरद रेग्मी


दाङ १ श्रावण।

रोटरि क्लब अफ तुलसीपुर सिटि द्वारा तुलसीपुरमा रहेको दिदिघरलाई खाधान्न र पोसाक बितरण गरिएको छ ।शुक्रबार एक कार्यक्रमका बिच सामाजिक अभियान्ता स्यानि चौधरिले सन्चालन गरेको दिदि घरमा रहेका १७ जना बालबालिकाहरुलाई पोसाक हस्तान्त्रण गरिएको हो ।

रोटरि क्लब अफ तुलसीपुर सिटिका नबनिर्बाचित अध्यक्ष शिब श्रेष्ठको समन्वयमा बुटवल बस्त्रालयको सहयोगमा सत्र जना वालवालिकाहरुका लागि पोसाक र क्लबका पुर्ब अध्यक्ष रोटरियन बिमल रिजालले खाधान्न सहयोग गर्नु भएको थियो । क्लबले बालबालिकाहरुका लागि स्कुलमा आबश्यक पर्ने किताब,पोसाक र ब्याग उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
सो अबसरमा पुर्ब एजि कुशल तर्ताल,निबर्तमान अध्यक्ष सुरेश हमाल,पुर्ब अध्यक्षहरु बिमल रिजाल,देबबहादुर केसि,उपाध्यक्ष सन्दिपन रिजाल,सर्भिस प्रोजेक्ट डाईरेक्टर मोहन भण्डारि, लगायतकाले रोटरि क्लब अब ग्रामिण मुखि सेवामा समर्पित हुनु पर्ने बताएका थिए। उनिहरुले रोटरि क्लब डिष्ट्रिकबाट समेत गाउमुखि प्रोजेक्ट ल्याएर सेवाका हातहरु अगाडि बढाउनुपर्ने सुझाब दिएका थिय ।

कार्यक्रमको सहजिकरण क्लबका महासचिब बुद्दप्रकाश सिहंले गर्नुभएको थियो ।