देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय

साउन ०३, २०७८


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले आज संसद्मा विश्वासको मत लिने कार्यक्रम छ । सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सबै सासंद र अरु सासंदले समेत देउवाको पक्षमा मत दिने माओवादी केन्द्रका सासंद मातृका यादवले जानकारी दिए ।