विवाह नगरि बच्चा जन्माउने नम्रताको चाहना ?

साउन ०३, २०७८


केही अगाडि फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा मुछिएकी अभिनेत्री नम्रता सापकोटा पछिल्लो समय फेरि चर्चामा छाएकी छन् । उनी अहिले विवाह नगरी बच्चा जन्माउने चाहना राखेर चर्चामा छाएकी हुन् । हालै एक टेलिभिजनका लागि उनले हालै दिएको अन्तर्वार्तामा उनले बिहे नगरि बच्चा जन्माउने चाहना रहेको बताएकी छिन् ।

सो क्रममा उनले विवाहभन्दा पनि बच्चा जन्माउन धेरै मन लागेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘भोली समयले के मोड लिन्छ भन्न सक्दिन । विवाह नभएपनि म बच्चा चाहिँ अवश्य जन्माउँछु । सिंगल आमाले पनि बच्चालाई नागरिकता दिन पाउने कानुनमै बनेको समेत उल्लेख गरेकी उनले आफ्नो पनि त्यस्तै योजना रहेको सुनाइन् । भनिन्, सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानुपर्छ । म अहिले नै विवाह गर्दिनँ ।

तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन–चार वर्षमा बिहे भएन भने पनि म बच्चा जन्माउँछु होला’ उनले अन्तर्वार्तामा भनिन्, यो कुरा मेरो आमा–बुबालाई समेत जानकारी छ । भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा जन्माउने उनको भनाई राखेकी छन् । अहिले बच्चा जन्माउन धेरै तरिका भएको बताउने उनी त्यसका लागि विवाह गरेर श्रीमान्–श्रीमती नै हुनु नपर्ने तर्क उनको रहेको छ ।

विवाहको विरोधी आफु नभएको समेत बताएकी उनले आफ्ना लागि सोचेजस्तो सकारात्मक व्यक्ति नभेटेकाले अहिलेसम्म विवाह नगरेको समेत जानकारी दिइन् । नम्रता अभिनित फिल्म ‘समर लभ’ फिल्म केही अगाडि रिलिज भएको थियो । फिल्मले व्यवसायिक सफलता हात पार्न नसकेपछि समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो । उनी म्युजिक भिडियो र विज्ञापन चलचित्रमा पनि बाक्लै देखिँदै आएकी छन् ।