प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सुविधाजनक बहुमतसहित प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।
प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतमाथि आइतबार राति प्रतिनिधिसभामा भएको मत विभाजनमा उनले सुविधाजनक बहुमत हासिल गरेका हुन् ।
प्रस्तावको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको थियो । यस्तै, एकजना सांसद तटस्थ बसेका थिए ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका ३२, जनमोर्चाका एक, स्वतन्त्र एक तथा एमालेका माधवकुमार नेपाल र केपी ओली समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् ।
एमालेको ओली समूहका ८३ सांसदले मात्र प्रस्तावको विपक्षमा मतदान गरे । विश्वासको मतमाथि भएको छलफलमा भाग लिन नआएका निवर्तमान प्रधानमन्त्री केपी ओली मतदानमा भने सहभागी हुन आएका थिए ।