ध्यानाकर्षण र माल्यार्पण गर्दै संञ्चार उद्यमी हेमराजको स्मृति

साउन ०६, २०७८     सुशील बस्नेत



झण्डै ११ बर्ष बिति सक्दा सम्म तुलसीपुरका देबिप्रसाद धिताल हेमराजको हत्यारा पत्ता लगाउन प्रहरीले अझै सकेको छैन । २०६७ साल साउन ६ गते तत्कालिन उरहरी गा.बि.स वडा नम्वर ४ हेमनगरमा एक समुहले धिताललाई गोलि हानि हत्या गरेको थियो ।
नेपाली काग्रेसको महाधिबेसनमा उम्मेदवारी बन्न तयारीका लागि नेता कार्यकर्तालाई भेट गर्न गएका धिताललाई सोही दिन बेलुकी पौन ६ बजे हेमनगर स्थीत एक घर बाहिर राप्ती लोकमार्गमा आईपुग्दा घेरा हालि गोली प्रहार गरेको थियो । गोलि प्रहार गर्ने ब्यक्ति तत्काल त्यहाबाट भाग्न सफल भएका थिए । तर गम्भीर घाईते धिताललाई उपचारका लागि नेपाली सेनाको १९ नम्वर बाहिनीमा ल्याउदै गर्दा मृत्यु भएको थियो । हत्या पछि उहाँका हत्याराको खोजी भई रहेको प्रहरीले अहिले पनि दावी गरेको छ । प्रहरीले अनुसन्धान जारि राखेको भनिएपनि देवि प्रसाद धिताल हेमराज प्रतिष्ठानले हत्यामा संलग्न अपराधिहरुलाई कानूनी दायरमा ल्याउन दवाव दिन अभियान सञ्चालन गर्दै आएको छ । प्रतिष्ठान र परिवारजनलाई हत्याराको नजिक पुगेको भनेको प्रहरी सफल हुन भने सकेको छ । प्रधानमन्त्री, पूर्बप्रधानमन्त्री, मन्त्री, उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी, राजनीतिककर्मी, आम सञ्चार, नागरिक समाज, अधिकारकर्मी लगायतले हत्यामा संलग्नको खोजीमा सहयोग गर्ने प्रतिबद्धता जनाउर्दै आएका छन् । ती प्रतिबद्धता बर्षेनी थपिने मात्र भएका छन् ।
२०६८ सालमा स्थापना गरीएको प्रतिष्ठानले प्रत्येक बर्ष स्मृति दिवसको अवसरमा बिबिध कार्यक्रम गर्छ । यसबर्ष स्वर्गीय धितालको अर्धकदमा माल्यापर्ण कार्यक्रम गरेको छ । प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरेको अध्यक्षता एंव मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतको बिशिष्ठ आतिथ्यमा माल्यापर्ण गरीएको हो ।
तुलसीपुरमा आईपुगेका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङलाई बुधबार ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा युवा ब्यबसायी, सामाजिक व्यक्तित्व, अधिकारकर्मी एवं रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष स्वर्गिय देवी प्रसाद धिताल (हेमराज) हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन माग सहित माग गरीएको छ ।
प्रतिष्ठानले प्रमुख जिल्ला अधिकारी कुरुङवाङ रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराजका हत्यारालाई तत्काल पत्ता लगाई कानूनी कारर्वाही गर्न,हेमराजलाई शहिद घोषणा गर्नका लागि अबिलम्व प्रक्रिया अगाडी बढाउन,धिताल हत्या घटनाको हाल सम्म भएका अनुसन्धानको उलब्धि बारे परिवारजन तथा यस प्रतिष्ठानलाई जानकारी गराउन माग गरीएको छ । हेमराज हत्याकाण्ड बारे सत्य तथ्य बाहिर नआउदा सिंगो समुदाय, परिवार र उहाँको आवद्धता रहेका संस्थाहरुमा समेत डरत्रासको वातावरण हाल सम्म कायमै रहेकाले कानूनी शासनको प्रत्याभूति दिलाउन थप क्रियासील हुन,यस क्षेत्रको समग्र शान्ति सुरुक्षालाई बिशेष सुनिश्चिता गराउन,स्वर्गीय धितालले समाज रुपान्तरणका लागि गरेको योगदानको उच्च सम्मान गर्दै ति अभियान तथा गतिबिधिलाई राज्यले संस्थागत गर्दै अपनत्व ग्रहण गर्न प्रतिष्ठानले प्रमुख जिल्ला अधिकारी कुरुङवाङलाई ध्यानाकर्षण गराएको प्रतिष्ठानका अध्यक्ष रजौरेले जानकारी दिनुभयो । स्मृतिको अवसर पारी प्रत्येक बर्ष गरीने बिबिध कार्यक्रम भने यसबर्ष र गत बर्ष कोरोना भाईरस र लकडाउनका कारण हुन सकेनन् ।