अव फाेरलेन सडकले गति लिन्छ

साउन ११, २०७८     शरद रेग्मी


दाङ-एक बर्ष देखि निर्माण कार्य ठप्प भएको लमही तुलसीपुर फाेरलेन सडककाे निर्माण कार्य पुन:सुरु हुने भएको छ । भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ्ग एण्ड इन्फ्रा प्राेजेक्टले स्थानीय प्रतिनिधि अनुप पाण्डेलाई काम गर्न जिम्मेवारी ताेकेकाे थियाे । पाण्डेले फाेरलेनलाइ अघि बढाउन नसक्दा २ बर्षमा भाैतिक प्रगति ६ दशमलव ७ प्रतिशत मात्रै थियाे । याे समयमा सडक निर्माणकाे प्रगति ३६ प्रतिशत भन्दा माथि हुनुपर्ने थियाे । फाेरलेन सडक निर्माणकाे लागि अनुप पाण्डेकाे ठाउँमा नयाँ प्रतिनिधि द्राेण दुलाल आउनु भएको छ । झापा घर भएमा दुलालले फाेरलेन सडकलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । दसैं सम्म आठ किलोमिटर सडक कालाेपत्रे गर्ने याेजना रहेकाे बताउनु भयाे ।म काम गर्न चाहन्छु । रिजल्टकाे लागि दसैं सम्म कुर्नुपर्ने छ´उहाँले भन्नुभयाे-पानी परेकाले सडक निर्माणलाई गती दिन नसकेपनि याे समयमा कच्चापदार्थ संकलन गर्ने, प्राेसेसिङ्ग गर्ने काम चलिरहेको छ ।´

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फाेरलेन सडकलाई पहिलो प्राथमिकतामा राखिएको र त्यसका लागि नयाँ प्रतिनिधि संग काम अघि बढाउने सहमति भएको जानकारी दिनुभयाे ।फाेरलेन सडम समृद्धि र प्रगतिकाे आधार हाे´उहाँले भन्नुभयाे-याे आयाेजना जिल्लाकाे पहिलो प्राथमिकता भित्र पर्छ ।´ प्रजिअ कुरुम्बाङले फाेरलेन सडकलाई ट्रयाकका लिने काम गरिने प्रतिबद्धता जनाउनु भयाे ।

आइतबार सडक संग जाेडिएका निर्माण कम्पनी, कन्सल्टेन्सी, सम्बन्धि पालिकाका वडा अध्यक्ष संग छलफल भएको छ । भारतीय एक्जिम बैंककाे सहयाेगमा फाेरलेन सडक अघि बढेकाे हाे । अन्तरास्ट्रिय ठेक्का भएकाले बजेटकाे भाेलुम अमेरिकन डलरमा छुट्टिएकाे हाे । दुई प्याकेजमा १ कराेड २१ लाख ४२ हजार डलरमा ठेक्का परेकाे हाे ।