सीसीएमसी निर्देशक समिति बैठक ४ बजे बस्दै

साउन १५, २०७८


कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको बैठक शुक्रबार बस्दैछ ।

कोरोना संक्रमण बढ्दो क्रममा देखिएका बेला शुक्रबार अपरान्ह ४ बजे सीसीएमसी निर्देशक समिति बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री तथा सीसीएमसी निर्देशक समिति प्रमुख शेरबहादुर देउवा पनि सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।