खुला फुटबल प्रतियोगिता को उपाधी मोतिपुर लाई

भदौ १५, २०७८     लक्ष्मण बस्नेत



दाङ तुलसीपुर ११ को बेलगनार मंगलबार सम्पन्न खुला फुटबल प्रतियोगिता २०७८ उपाधी मोतिपुर युवा क्लब ले जितेको छ !
दङ्गीशरण युवा क्लब तुलसिपुर ११ को आयोजना मा संचालित प्रतियोगिता को फाईनलमा बालापुर युवा क्लब लाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै मोतिपुर युवा क्लब ले उपाधी जितेको हो ! उपाधी संगै उसले खसी, मेडल प्रमाणपत्र हात पार्‍यो ! फाईनलमा हार ब्यहोरेको बालापुर उपबिजेतामा सिमित रहदै मेडल प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ! उल्लेख दर्शकको शानदार उपस्थितिमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको पहिलो हाफ्को १७ औ मिनेट मा मोतिपुरका प्रमोद बुढामगर ले पहिलो गोल गरे भने तिलक महरा ले दोश्रो हाफ्को १५ औ मिनेटमा थप गोल गर्दै दुई सुन्यको जित निकाल्न सफल भए !
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ! यसैबिच प्रतियोगिता को समापन समारोह अयोजक क्लबका अध्यक्ष सुशील चौधरीको अध्यक्षता तथा जसपुर प्रहरी चौकिका ईन्चार्ज देव राज वलिको बिशेष उपस्थिमा भएको थियो !
सो अबसरमा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने मोतिपुर युवा क्लबका प्रमोद बुढामगर बेस्ट प्लेयर खेलाडी र दङ्गिशरण युवा क्लबका बिस्णु केसि बेस्ट किप्पर घोसित भए ! बिजेता खेलाडी हरु लाई कार्यक्रमका अतिथी हरुको हात बाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ! कार्यक्रमको संचालन रबिन्द्र ताम्राकार ले गरेका थिए !