नेपाल र भारतबीचको खेल हेर्न दर्शकलाई अनुमति

भदौ १६, २०७८


भदौ १६, नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल दर्शकले रंगशलामै गएर हेर्न पाउने भएका छन् । सरकारले अनुमति दिएपछि सो मैत्रीपूर्ण खेलह दर्शकले रंगशालामै गएर हेर्न पाउने भएका हुन् । एन्फाका अनुसार ५ हजार १ सय दर्शकलाई खेल हेर्न अनुमति दिएको छ । तर त्यसका लागि सरकारले केही सर्त तोकेको छ ।

रंगशालामै गएर खेल हेर्न दुवै डोज खोप लगाएको हुनुपर्नेछ भने पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाण पनि चाहिनेछ । एन्फाले खेलको टिकट अनलाइटबाट काट्न सकिने बताएको छ । तर, मूल्यमा अहिलेसम्म निर्धारण भइसकेको छैन । आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो । खेल भदौ १७ र २० गते दशरथ रंगशालामा आयोजना हुँदैछ ।