आमा बनिन् अभिनेत्री ऋचा शर्मा

भदौ २३, २०७८


अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । बुधबार बिहान करिब सात बजे नर्भिक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । आमा र छोरा दुवैको स्वास्थ सामान्य रहेको अस्पतालले जनाएको छ । कमेडी च्याम्पियनकी जजसमेत रहेकी शर्भालाई पुत्र लाभ भएको जानकारी कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजले पनि सार्वजनिक गरेको छ ।

केही समयअघि मात्र उनले उक्त शोबाट विश्राम लिएकी थिइन् । भर्सटाइल अभिनेत्रीको रुपमा चर्चित ऋचा शर्माले ‘उमा’ ‘टलक जंग भर्सेस टुल्क’ ‘लुट’ ‘भिजा गर्ल’ ‘सुुनकेशरी’ आदिमा अभिनय देख्न सकिन्छ ।