संसद बैठक असोज ४ गतेसम्म स्थगित

भदौ २९, २०७८


भदौ २९, प्रतिनिधिसभाको बैठक ४ असोज सम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा पनि एमाले सांसदहरूले अवरोध जारी राखे । उनीहरूको अवरोधबीच ‘विनियोजन विधेयक, २०७८’ पारित भयो । त्यसपछि राष्ट्रियसभाका पूर्वसांसद रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित भयो । उनको निधनमा सबै सांसदले एक मिनट मौनधारण गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले ४ असोज दिनको एक बजे बस्नेगरी बैठक स्थगित भएको बताए ।