कांग्रेस नगर अधिवेशन : तुलसीपुर हाँक्ने हमाललाई अबसर

भदौ २९, २०७८


तुलसीपुर, २९ भदौ, नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा अब नगर अधिवेशनको चर्चा सुरु भएको छ । अर्को मिति नतोकिय सम्म यही अशोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन तुलसीपुर उपमहानगरपालिकामा आकांक्षीहरू मध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी सुरेश हमाललाई ऐतिहासिक अबसर प्राप्त भयको छ । हमाल यातायात क्षेत्र, अनिल कार्की विद्यार्थी राजनीतिको क्षेत्रका व्यक्तित्वहरू हुन् ।

यद्यपि, उनीहरूलाई उम्मेद्वार बन्नका लागि कांग्रेस नेताहरूले खेमाको ट्याग लगाइ दिएका छन् । कांग्रेस दीर्घामा चर्चा सुनिए अनुसार सुरेश हमाललाई दीपक गिरी, डिल्लिबहादुर चौधरि, बुद्दिराम भण्डारि र बर्तमान पार्टि सभापतिको समर्थनको नेतृत्वका रूपमा लिइन्छ भने अनिल कार्कीलाई गेहेन्द्र गिरीको खेमाको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा कांग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकांक्षी हुन् । हमाल राप्ती बबई क्याम्पसमा २०५५ सालमा नेविसंघको तर्फबाट चुनाव लडेर स्ववियु कोषाध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् ।

युवामाझ निकै लोकप्रिय हमालको हाल विभिन्न क्षेत्रमा लगानी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघमा पनि केन्द्रीय उपमहासचिव तथा हाल सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक संघसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलता पूर्वक काम गरीसकेका छन् । लायन्स क्लव, रोटरी क्लव तथा तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान सल्लाहकारका रूपमा समेत रहेका हमाललाई राजनीति सँगै सामाजिक अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ । स्रोतका अनुसार हमाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाइमन्त्री दीपक गिरीको तर्फबाट तुलसीपुर नगर सभापतिका एक्ला उम्मेद्वार हुन् ।

दुवै खेमाले उम्मेद्वार बन्नका लागि प्रस्ताव नगरेका अर्का आकांक्षी शोभाकर सापकोटाले भने कांग्रेसको स्वतन्त्र रूपमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ । तर उनि पार्टिको निर्णय, बिधि र पद्दति देखि बाहिर जान नसक्ने ईमान्दार र सक्षम युवा नेतृत्व भएको भन्दै शोभाकर सापकोटालाई प्रदेश, क्षेत्रीय तथा जिल्लामध्ये कुनै समितिमा जिम्मेवार पद दिएर हमालकै खेमामा ल्याउने तयारी भैरहेको एक जना नेताले बताएका छन् ।