एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोजे कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

भदौ २९, २०७८


सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदा देवी भट्टलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।

पाण्डे र भट्टले आफूहरूलाई निर्वाचन आयोगले एकीकृत समाजवादीमा प्रवेश गर्न रोकेको उल्लेख गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले उनीहरूलाई एकीकृत समाजवादीमा प्रवेश गर्न रोक्ने कुनै काम कारवाही नगर्न-नगराउन आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै संघीय संसदमा एकीकृत समाजवादीका सांसद संख्या ३१ पुगेको छ ।