हमालको चुनावी अभियान गाउँशहर केन्द्रित

असोज ०५, २०७८     शरद रेग्मी


नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ । असोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन तुलसीपुर उपमहानगरपालिकामा आकांक्षीहरूमध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी सुरेश हमाललाई ऐतिहासिक अबसर प्राप्त भयको छ । हमालले चुनाबि अभियानलाई अहिले गाउ शहर केन्द्रित गरेका छन । तुलसीपुरका १९ वटै वडामा पुगेर त्यहाको अबस्था बुझ्ने र केहि आफ्ना कांग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजना प्रस्तुत गरेसगै गाउँ गाउँमा कांग्रेसीजनहरु उत्साहित बनेका छन ।

दुई जना आकाङ्क्षी हरुलाई उम्मेद्वार बन्नका लागि कांग्रेस नेताहरूले खेमाको ट्याग लगाइदिएका छन् । कांग्रेस दीर्घामा चर्चा सुनिए अनुसार सुरेश हमाललाई केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री दीपक गिरी , प्रदेशका सांसद तथा मन्त्री डिल्लिबहादुर चौधरी ,संबिधान सभा सदस्य बुद्दिराम भण्डारी लगायतको समर्थनको नेतृत्वका रूपमा लिइन्छ भने अनिल कार्कीलाई पुर्ब सांसद गेहेन्द्र गिरीको खेमाको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा कांग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक बलियो र लोकप्रिय आकांक्षी हुन् ।

हमाल राप्ती बबई क्याम्पसमा २०५५ सालमा नेविसंघको तर्फबाट चुनाव लडेर स्ववियु कोषाध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । युवामाझ निकै लोकप्रिय हमालको हाल विभिन्न क्षेत्रमा लगानी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघमा पनि केन्द्रीय उपमहासचिव तथा हाल सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक संघसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलतापूर्वक काम गरीसकेका छन् । लायन्स क्लव, रोटरी क्लव तथा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान सल्लाहकारका रूपमा समेत रहेका हमाललाई राजनीतिसँगै सामाजिक अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ ।

नगर सभापति पदका उम्मेदवार सुरेश हमालले आँफू र आफ्नो टिमले तुलसीपुर उपमहानगरपालिकाको नगर सभापतिमा निर्वाचित भएपछि नगरको सचिवालय सहितको पार्टि कार्यालय स्थापना गर्ने र १९ वटै वडामा नेपाली काँग्रेसको कार्यालय खोल्न पहल गर्ने बताएका छन् । हमालले आफ्ना चुनाबि एजेण्डाहरु मगलबार स्थानिय सचार माध्यम मार्फत मतदाता समक्ष सार्बजनिक गरेका छन। हमाल निकट एकजना पाका र अनुभवी नेताले भनेका छन “सुरेश जिको कुनै प्रतिस्पर्धा नै देख्दिन उहाको जित सुनिश्चित भैसकेको छ ।” अब मतदाको सम्मान र नगर लाई कसरी ब्यबस्थित र बलियो बनाउने भन्नेबारे परामर्श तर्फ लाग्नु पर्छ ।