शोभाकर सापकोटाले गरे सुरेश हमाललाई समर्थन, नगर सभापतिमा हमाल बलियो दाबेदार

असोज ०७, २०७८     शरद रेग्मी


नगरसभापतिका आकाक्षि शोभाकर सापकोटाले सुरेश हमाल लाई समर्थन गर्नुभएको छ । नेपाली कांग्रेसका अग्रज नेताहरुको अनुरोधमा सापकोटाले आफ्नै समकक्षी साथि सुरेश हमाललाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । बिहिबार तुलसीपुर स्थित पार्टिको सचिबालयमा आयोजना गरिएको नगर कमिटिका आकाङ्क्षि सापकोटाको उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै सापकोटाले आफु सधैभरि पार्टिको बिधान, बिधि र पद्दति प्रति ईमान्दारिताका साथ लागि रहेको बताउनु भयो ।

उहाले भन्नुभयो म पार्टिको हरेक निर्णय मान्न तयार छु तर पार्टिमा अनवरत रुपमा लागिपरेपछि क्षमताको कदर हुनुपर्छ भन्ने मेरो मान्यता हो । सापकोटाले पार्टिले दिएको सबैप्रकारको जम्मेवारि बहन गर्न तयार रहेको समेत बताउनु भयो । सापकोटाले उम्मेदवारी फिर्ता लिय सगै नगर सभापतिमा सुरेश हमाललाई चुनाब जित्ने सजिलै सग बाटो खुलेको एकजना जिल्ला स्तरका नेताले बताउनु भयो ।

यता नगरसभापति पदका लोकप्रिय युवा नेता सुरेश हमालले समकक्षी शोभाकर सापकोटालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै हमालले तुलसीपुर नगर सभापतिमा आफ्नो जित शुनिश्चित भैसकेको भन्दै पार्टिका सम्पुर्ण अग्रज नेतागन ,शुभेच्छुक र आम क्षेत्रिय प्रतिनिधिहरुमा अमुल्य मतदान गरि सहयोग गर्नुहुन अपिल गर्नुभयको छ ।