नेपाली कांग्रेस बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत विजयी

असोज ०९, २०७८


असोज ९, नेपाली कांग्रेस बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत विजयी हुनु भएको छ । अर्का प्रतिस्पर्धी प्रसाराम भुसाललाई १५ मतले पछाडि पार्दै बस्नेत विजयी हुनु भएको हो । आज भएको मतदानमा बस्नेतले ६५ मत प्राप्त गर्दा भुसालले ५० मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपसभापतिमा ६६ मत प्राप्त गर्दे पिमलाल के सी र ५८ मत प्राप्त गर्दैै जितबहादुर वली विजयी हुनु भएको छ । सचिवमा ६६ मत प्राप्त गर्दैै गणेशबहादुर केसी र ६५ मत प्राप्त गर्दै खिमकान्त धिताल विजयी हुनु भएको छ । त्यस्तै सहसचिवमा ६९ मतका साथ मानबहादुर थापा र ६० मतका साथ थल बहादुर वली विजयी हुनु भएको निर्वाचन समितिले जानकारी गराएको छ । बबईमा ११९ मत मध्य ११८ मत खसेको थियो जसमा ३ मात बदर भएको निर्वाचन कमिटी सदस्य भद्र बहादुर खड्काले जानकारी दिनु भएको छ ।