स्व. बसन्त देबकोटाको सम्झनामा मानवसेवा आश्रमलाई २० हजार सहयोग

असोज १०, २०७८     शरद रेग्मी


दंगीशरण गाउपालिका वडा नमबर ७ निवासी राघव देवकोटा द्वारा स्व. बुवा नेपाली काग्रेसका तत्कालीन क्षेत्रिय सभापति बसन्त कुमार देवकोटाको छैटौं स्मृति दिवसको अवसरमा मानवसेवा आश्रममा एकदिनको दिवा भोजन सेवाका लागि २० हजार रुपैया सहयोग गर्नु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्व सिचाइ मन्त्री दिपक गिरि , नेपाली काँग्रेस दाङका जिल्ला सचिब शंकर डाँगी , नबनिर्बाचित तुलसीपुर नगर सभापति शुरेस हमाल,
तरुण दल दाङका अध्यक्ष टीका घर्ती लगायतले स्वर्गिय देबकोटाको जिवनिका बारेमा चर्चा गर्नु भएको थियो।
सो अबसरमा स्वर्गिय देबकोटाका भाई दोर्ण देबकोटाले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
मानब सेवा आश्रममा रहेका करिब २० जना जेष्ठ जागरिकहरुलाई एकदिनको भोजन गराईएको थियो ।