उपचार गर्न थाइल्यान्ड गए माओवादी नेता पुन
असोज १३, २०७८
असोज १३, उपचार गर्नका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन थाइल्यान्ड प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्यान्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
उनलाई जण्डिसको समस्या देखिएको छ । वंशानुगत समस्या भएका उनी थप उपचारका लागि थाइल्यान्ड गएका हुन् । नेता पुनको सचिवालयका अनुसार यसअघि सुमेरु अस्पतालमा उपचार भएको थियो । चिकित्सकहरुकै सल्लाहमा बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराइने भएको छ ।
चिकित्सकहरुका उनुसार उनको शरीरमा जण्डिसको मात्रा अस्वभाविक रुपमा बढेको छ । उनी चार वर्ष अघि पनि स्वास्थ्य समस्या देखिँदा बैंकक गएका थिए । पुनसँगै उनकी पत्नी ओनसरी घर्ती पनि थाइल्यान्ड गएकी छन् ।






