नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दाङका मेटमणी चौधरी मन्त्री बन्दै
आश्विन १३, माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी ले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरे सँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्य मन्त्री सहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ ।
जसअनुसार अध्यक्ष माधव कुमार नेपालले पार्टीका तर्फबाट सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएको छ । दाङ क्षेत्र नं.१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सम्पुर्णकुरा डककम सँग कुरा गर्दै आफु संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बन्ने पुष्टि गरेका छन् ।






