वर्ष सर्वोत्कृष्ट निर्देशक अवार्ड आचार्यलाई

असोज १५, २०७८     शिव पुन


काठमाडौ १४ असोज।
निर्देशक ऋषिराज आचार्यले चलचित्र “ड्रीमगर्ल”बाट वर्ष -२०७५ को सर्वोत्कृष्ट अवार्ड हात पारेका छन्। बुधबार राजधानीमामा सम्पन्न क्वालिटी इन्टरटेन्टमेन्ट अवार्डले आयोजना गरेको अवार्ड कार्यक्रममा २०७५ सालमा प्रदर्शन भएका चलचित्रका निर्देशकहरुमध्येबाट आचार्य सर्वोत्कृष्ट निर्देशक घोषित हुँदै अवार्ड प्राप्त गरेका हुन्।

आकाश श्रेष्ठ ,विल्सन विक्रम राई,आश्मा गिरि लगाएतका कलाकारको मुख्य भुमिका रहेको चलचित्र “ड्रीमगर्ल” नेपालको सुन्दर रारा ताल तथा थाइल्यान्डमा छायांकन गरिएको थियो। स्मरण रहोस् आश्माको यो डेब्यु चलचित्र समेत हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि रहेको कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी तथा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको हातबाट सर्वोत्कृष्ट चलचित्रकर्मी लाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

चलचित्र “ड्रीमगर्ल”ले सर्वोत्कृष्ट निर्देशक सहित वर्ष अभिनेत्री र खलपात्र गरि कुल ३ विधामा अवार्ड उचाल्न सफल भयो। कार्यक्रममा आश्मा गिरिले वर्ष सर्वोत्कृष्ट अभिनेत्री अवार्ड हात पार्दा तुल्सी प्रसाद श्रेष्ठले उत्कृष्ट खलपात्रको अवार्ड प्राप्त गरे।