६६ औँ प्रहरी दिवसको अवसरमा पैदल यात्रुलाई मास्क बितरण, रोगले कसैलाई चिन्दैन,सानो ठुलो भन्दैन डिआईजि : मुकुन्द राज आचार्य

असोज १७, २०७८     शरद रेग्मी


असोज १७, तुलसीपुर । ६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको छ । सो अवसरमा बिरेन्द्र चोक आसपासमा माक्स नलगाएका पैदल यात्रु, बिधार्थि, गाडि चालक र सर्बसाधारणहरुलाई नेपाल प्रहरी, ट्राफिक प्रहरि लगाएत बिभिन्न संघ संस्थाका पदाघिकारीहरुले माक्स बितरण गरेका छन । कोरोना संक्रमण केहि कम भएको भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान लुम्बिनि प्रदेशका प्राय जसो सबै जिल्लामा सञ्चालनमा ल्याएको हो ।

आउदै गरेको प्रहरी दिवसका अबसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उधोग बाणिज्य सघ, ट्राफिक प्रहरि कार्यालय, रिपोटर्स क्लब दाङको सयुक्त आयोजनामा कार्याक्रम सञ्चालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (डिआईजि) मुकुन्द राज आचार्यले जानकारी दिनुभयो । माक्स बितरण कार्यक्रमा उहाँले कोरोनाको संक्रमणबाट बाच्न माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोनाबाट बचौँ कोरोनाले कसैलाई पनि चिन्दैन कोरोनाले न त बुढो भन्छ न त जवान नै भन्छ भन्दै उहाँले सर्बसाधारणहरुलाई माक्स लगाउन प्रेररित गर्नुभएको थियो ।

तपाईको माक्स खोई अभियानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मुकुन्द राज आचार्य, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रशाद चालिसे, उपाध्यक्ष ललित जंग शाह, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्का, ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमिक्त कार्यालय प्रमुख प्रहरी निरिक्षक रन्जन स्वा्र, लगाएतको सहभागिता रहेको थियो । प्रहरी दिवसलाई प्रत्येक बर्ष नेपाल प्रहरीले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ ।

६४ औ प्रहरि दिवसको अबसरमा जिल्ला प्रहरि कार्यालय दाङ लगायतका प्रहरि युनिटहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन । आईतबार बिहान घोराहीमा जिल्ला प्रहरि कार्यालय दाङले प्रभातफेरी गर्दै मास्क बितरण कार्यक्रमको आयोजना गरियको प्रबक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।