११ जिल्लामा सिडिओ फेरिए
असोज १७, २०७८
सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सिडिओ बनाइएको छ । गृह मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरूवा भएको छ, यीमध्ये ११ जना सिडिओ छन, गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भोजपुरको सिडिओ बनाइएको छ ।
गृहकै सहसचिव जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरूवा भएको छ । यस्तै लमजुङको सिडिओमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछानेको सरूवा भएको हो ।






