अस्कार अर्वाडको लागि कात्तिक २ गतेसम्म फिल्म दर्ता गर्न आह्वान

असोज २०, २०७८


आजदेखि ९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेस अस्कार नेपाली फिल्मको सहभागिताका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले आवेदन खुल्ला गरेको छ । तोकिएको मापदण्ड र कागजसहित आजदेखि कात्तिक २ गतेसम्म फिल्म दर्ता गर्न चलचित्र छनोट समितिले आह्वान गरेको हो । हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारी कारण १ महिना पछाडी धकेलिएको हो ।

सिनेमा हलमा प्रदर्शन नभएका फिल्म अनलाईन स्ट्रिमिङ साइट वा भिडियो अन डिमान्डमा आएका फिल्म पनि अस्कारका सहभागी हुन सक्ने व्यवस्था गरेको आज एक बिज्ञप्ती जारी गर्दै एकेडेमीले जनाएको छ । अस्कारमा लागि नेपाली फिल्म छनोट समितिमा अध्यक्ष बिमल पौडेल छन् भने राजुबिक्रम थापा, लक्ष्मीनाथ शर्मा लगायत कार्यसमितिमा छन् ।