बडादशै : आजपनि बिहानै देखि टीका लगाउनेको चहलपहल

असोज ३०, २०७८


बडादसैँको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दसैँ मनाइन्छ ।

हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आज टीका लाउँदैछन् । माइत, मावली, ससुराली जानेहरूको बिहानैदेखि चहलपहल बढेको छ ।

दशमीका दिन सुरू भएको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ । तर, केही ठाउँमा भने विजयमा दशमीका दिनमात्र टीका लगाइन्छ ।