माओवादी बैठक जारी, सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने

कार्तिक ०१, २०७८


कार्तिक १, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ । पार्टीको राष्ट्रिय सम्मेलन अघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो । सरकारको समिक्षा गर्ने र अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचन सम्मै लैजानु पर्ने पक्षमा अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका छन् ।

माओवादी केन्द्र अर्ली इलेक्सनको विपक्षमा छ । सत्ता गठबन्धनको केन्द्रको संयन्त्रलाई वडा तह सम्म लैजाने बारेमा समेत छलफल भइरहेको बेला माओवादी बैठकमा यी विषय समेत एजेण्डा छन् । माओवादीले अन्य वामपन्थी पार्टीहरुसँग पनि एकताको पहल गरिरहेको छ ।