माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन

कार्तिक ०२, २०७८


कात्तिक २, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेकको स्थायी समिति बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको मिति संशोधन गरेको हो । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गर्ने निर्णय गरिएको छ ।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको महराले जानकारी दिए । पुस १७ गते देखि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । माओवादी स्थायी समितिको अर्को बैठक आगामी बिहीबार बस्नेछ ।