पाचौं सक्रिय कप खुला फूटबल प्रतियोगिता हुने
लक्ष्मण बस्नेत
कार्तिक २, तुलसीपुर दाङ ।
पश्चिम दाङको चरकमटियामा पाचौं सक्रिय कप खुला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । सक्रिय युवा क्लब बबई ७ को आयोजना तथा बबई गाउँ पालिका वडा न ७ को ब्यबस्थापनमा शुभदिपावलीको अबसरमा हुन लागेको प्रतियोगिता यहि कार्तिक १२ गतेदेखि चरकमटिया खेल मैदानमा सुरु हुनेछ । पश्चिम दाङमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पुर्ण पंकज पुन जानकारी दिएका छन् ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण लामो समय ठप्प बनेको पश्चिम दाङ क्षेत्रको खेल गतिबिधी लाई चलाएमान बनाउन संचालन गरिन लागिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद ७० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ३५ हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर लाई पुरस्कृत गरिने क्लबका सचिब सुजन कुमार राम्जाले जानकारी दिए ।
झण्डै एक साता सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईनेछ । यसैविच आयोजकले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागी प्रचार प्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान मर्मत लगाएतका तयारी लाई तिब्र पारेको समेत जानकारी दिएको छ ।






