मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्कने

कार्तिक ०३, २०७८


कात्तिक ३, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे ।

साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल स्ट्याण्डमा बसेर हेरेका उनले खेल सकिएपछि नेपाल आफ्नो मुटुमा रहेको र कसैले हटाउन नसक्ने प्रतिक्रिया दिए । प्रशिक्षक अल्मुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको फ्युचर अफ फुटबल भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व गरेका छन् ।

उक्त भिडियो कन्फरेन्समा पुरुष राष्ट्रिय टिमका प्रशिक्षकहरु सहभागी थिए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार नै अलमुताइरीसँग भेट गरेको फोटो फेसबुकमा पोष्ट गरेर लेखेका छन, नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल उनले फोटो फेसबुकमा पोष्ट गरेर लेखेका छन् ।