सिटिजन लाईफ इन्स्योरेन्स चौथो बर्षमा, रक्तदान लगायत साताब्यापी कार्यक्रम ।

कार्तिक ०७, २०७८     शरद रेग्मी



तुलसीपुर ७, कार्तिक । सिटिजन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सबको अबसर पारेर तुलसीपुरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । कंम्पनीले राप्ति प्रादेशिक स्पताल नजिकै रहेको कालिका देबि रक्त सन्चार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पश्चिम दाङमा रगतको अभाब भैरहेको सन्दर्भमा इन्स्योरेन्स कंम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रमुख सुजन शाहले जानकारी दिनु भयो । सिटिजन लाईफ इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सबको अबसर पारेर बिभिन्न कार्यक्रमको आयोजना गरेको बताईएको छ, सो अबसरमा २० जनाले रक्तदान गरेका थिय । यसैबिच सिटिजन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले दोस्रो दिन दिदिघरमा रहेका बालबालिकाहरुका लागि खाजा र शैक्षिक सामाग्रिहरु बितरण गरेको छ । त्यस्तै तुलसीपुरमा रहेको मानबसेवा आस्रममा समेत जेष्ठनागरिकहरुलाई बिहानको खाजा र खाधान्न सहयोगको गरेको थियो ।