एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
कार्तिक ०८, २०७८
कात्तिक ८, प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आज सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
एमाले संसदीय दलले लिखित अनुरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को बैठक कात्तिक ११ गते बिहीबारका लागि बोलाइएको छ । असोजमा पनि एमाले विधान अधिवेशनका कारण बैठक स्थगित गरिएको थियो ।






