कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

कार्तिक १२, २०७८


कात्तिक १२, प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम सम्हाल्ने गरी गृहमन्त्री बालकृष्ण खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री देउवा शुक्रबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवा १८ कात्तिकमा स्वदेश फिर्नेछन् ।