प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन, कालोपट्टी बाँधेर विरोध
कार्तिक १४, २०७८
कात्तिक १४, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ । बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो ।
आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेको छ । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।






