राजनीतिक दलहरूले साथ दिन्छन् कि दिँदैनन्, हेर्नु छ : शम्भु थापा

कार्तिक १४, २०७८


कात्तिक १४, वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश शुद्ध नभएको भनेर उठाएको विषयमा राजनीतिक दलहरुले कस्तो भूमिका खेल्ने भनी हेर्न बाँकी रहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बारको आह्वानमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा आइतबार दिएको धर्ना कार्यक्रममा उनले राजनीतिक दलहरूलाई विगतमा आफूहरूले साथ दिएको संकेत गर्दै बारका पूर्वअध्यक्ष समेत रहेका उनले भने, ‘यसपालि हेर्नु छ, कानुन व्यवसायीहरुले हाम्रो न्यायालयमा विराजमान भएका प्रधानन्यायाधीश शुद्ध हुनुहुन्न भन्दा हामीसँग कुरा गर्नुहुन्छ कि प्रधानन्यायाधीशसँग कुरा गर्नुहुन्छ रु त्यो पनि छिनोफानो गर्नुपर्ने छ ।

हामी दलहरूसँग गुहार माग्दैनौं, थापाले महाअभियोग संविधानको धारामा रहेको तर आफूहरू त्यसका लागि राजनीतिक दलहरुलाई पुकार गर्ने मनस्थितिमा नरहेको उनले स्पष्ट पारे । प्रधानन्यायाधीशले नछाडुन्जेल बहस बहिस्कार चलिरहने उनको भनाइ थियो । अहिले सम्म न्यायालयमा देखिएको भ्रष्टाचार, बेथिति, असक्षमताको दोष प्रधानन्यायधीश जबरालाई जाने उनको भनाइ थियो । प्रधानन्यायाधीश जबराको राजीनामा दिनुपर्नेमा उनले जोड दिए । न्यायालय स्वतन्त्र निकाय हो । न्यायालय पशुपतिनाथ जस्तै पवित्रस्थल हो भने तपाईं त्यहाँको मूल भट्ट हो । मूल भट्टले जुन विधि र प्रक्रियाबाट पशुपतिनाथको पूजा गराउँछन् । त्यसैगरि तपाईंले न्यायालयको पूजा गर्नुभएको छैन । त्यसकारण तपाईंले पदबाट राजीनामा दिनुपर्छ भनेर भनेका छौं, थापाले भने ।