दोस्रो दिन पनि सर्वोच्चमा कानून व्यवसायीको धर्ना

कार्तिक १५, २०७८


कात्तिक १५, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले आज दोस्रो दिन पनि कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो ।

मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने बारले जनाएको छ ।यस्तै, हिजो आइतबार जबराको पक्षमासमेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेको बताएका थिए ।