चीनले दियो थप १६ लाख डोज कोरोना खोप

कार्तिक १७, २०७८


कात्तिक १७, चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर सो परिमाणाको खोप उपलब्ध गराएकी हुन् ।

खोप हस्तान्तरणका अवसरमा राजदूत यान्छीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन् । शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै १६ लाख डोज खोप अनुदानमा दिने चीनको घोषणाअनुसार खोप आएको बताइएको छ ।