शुसासन र विकास निर्माणका कार्यलाई प्राथमिक्ता : प्रजिअ
दाङ, कार्तिक २४ दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा शुसासन र विकास निर्माणका कार्यलाइ प्राथमिक्ता दिने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी संग आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन । जिल्लामा शुसासन तथा विकास निर्माणका कार्यलाई आफनो तर्फ बाट हुने प्रयास गर्ने बताए । आफुले मात्र एकलै गरेर नहुने भन्दै यसमा सबैले सहयोग गर्ने समेत आग्रह गरे । ‘एकल प्रयासले मात्र हुदैन सबैको सहयोगले जिल्लामा शुसासन तथा विकास निर्माणको कार्यलाई अगाडि बढाउन सकिन्छ’ प्रजिअ रेग्मीले भने ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष मधुसुदन वैद्यले जिल्लामा रहेका विकास निर्माणका कार्यहरुलाई समयमै सम्पन्न गर्ने तथा बिकृती विसङगती हटाउन लागि भुमिका खेल्न आग्रह गरेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्वाद ज्ञापन सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।






