दाङबासीलाई अनुभुति हुने गरि काम गर्छु : प्रजिअ रेग्मी
२४ कार्तिक, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङबासिलाई अनुभुति गर्ने गरि शान्ति सुरक्षा र शुसासनका क्षेत्रमा काम गर्ने बताउनु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रेग्मी संग आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाले यस्तो बताउनु भएको छ ।
पुर्बका बिकट गाउपालिका देखि पश्चिम दाङको बबई गाउपालिका सम्म पुगेर सेवा प्रबाह गर्ने समेत जानकारी दिनुभयो । उहाले नाकाबासिका समस्या देखि आम जनताहरुको पहुच स्थापित गर्न आफुले भुमिका खेल्ने समेत बताउनुभयो । ‘एकल प्रयासले मात्र हुदैन सबैको सहयोगले जिल्लामा शुसासन तथा विकास निर्माणको कार्यलाई अगाडि बढाउन सकिन्छ ’ प्रजिअ रेग्मीले भन्नुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले तुलसीपुरमा रहेको यएर्पोटको स्तरबृद्दि,ईन्धन डिपोको कामलाई अगाडि बढाउनुपर्ने ,घोराहि तुलसीपुरको चारलेन सडकको काम दुर्तगतिमा सुचारु गर्नुपर्ने,अमिलिया तुलसीपुर सडक क्षेत्रको मर्मत तथा स्तर उन्नतिका लागि तत्काल समन्वयकारि भुमिका खेल्न पनि आग्रह गरेका थिय । त्यसै गरि उधोग बाणिज्य सघका पदाधिकारीरुले ब्यबसायिक सुरक्षामा सम्बेदनसिल रहन पनि प्रजिअ रेग्मीलाई आग्रह गरेका थिय ।
तुलसीपुर उधोग बाणिज्य सघका अध्यक्ष रामप्रसमद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सघका सस्थापक अध्यक्ष डिल्लिबहादुर बस्नेत,निवर्तमान अध्यक्ष बिरबहादुर रावत,पुर्ब अध्यक्ष बिमल रिजाल,बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारि,ब्यबसायि नरेशराज भण्डारि,मानार्थ सदस्य पुर्ण प्रसाद धिताल लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।






