‘म यस्तो गीत गाउँछु-२’ माघ १९ देखि प्रदर्शनमा आउने

कार्तिक २५, २०७८


फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघ १९ अर्थात फेब्रुअरी २ देखि प्रदर्शन हुने भएको छ । निर्देशक सुदर्शन थापाले फिल्म माघमा प्रदर्शन गर्न लागेको जानकारी दिए । फिल्म प्रेमकथामा बनेको भएकोले प्रेम दिवसको छेको पारेर रिलिज गर्न लागेको निर्देशक थापाले सुनाए । यस अगाडि वि.सं २०७६ फागुन ३० गते रिलिज हुने तरखरमा रहेको फिल्म कोरोनाको कारण रिलिज हुन भने सकेको थिएन ।

निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर समेत अहिले सार्वजनिक गरेको छ । सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको फिल्मका सह–निर्माता जन्म जय सम्पाङ राई हुन् । फिल्ममा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ ।

सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको फिल्ममा सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ । फिल्मको केही अगाडि सार्वजनिक ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ बोलको गीत हिट भैसकेको छ । ट्रेलर समेत दर्शकले रुचाएका छन् ।