आयरल्याण्डलाई पछि पार्दै नेपाल टी-२० वरीयताको १२ औं स्थानमा

कार्तिक २८, २०७८


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी टी-२० विश्व वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लेको छ । शुक्रबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई पछि पार्दै एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो । नेपाल भन्दा अघि जिम्बावे ११ औं स्थानमा छ ।

एक स्थान झरेको आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १४ औं, युएई १५ औं र नामिबिया १६ औं स्थानमा छ । विश्ववरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, बंगलादेश आठौं, श्रीलंका नवौं र वेष्ट इन्डिज दशौं स्थानमा छ ।