टोप बहादुर केसी : नेपाली कांग्रेसका लागि पर्यायवाची नाम

मङि्सर ०६, २०७८     सम्पूर्ण कुरा


टोप बहादुर केसी, नेपाली कांग्रेसका लागि एक पर्यायवाची नाम हो । नेपाली कांग्रेसका युवा नेता टोप बहादुर के सी ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट संघीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । २०३६ साल देखि नेपाली कांग्रेसको राजनिति यात्रा सुरु गरेका केसीको जनमानसमा बौद्धिक तथा प्रष्ट बक्ताको रुपमा आफ्नो छुटटै पहिचान छ । शिक्षण पेशा,नेपाल एयेरलायन्सको जागिरे जिवन छाडेर राजनिति यात्रामा होमिएका केसी बहुदल आइसकेपछि नेपाली कांग्रेसको तुलसीपुर नगर सचिव भएका थिए । क्षेत्रिय सह–सहसचिव, सचिव हुदै २०६१ सालमा क्षेत्रीय सभापति भएका थिए । उनी पश्चिम दाङको २०६२/०६३ को जनआन्दोलनको नेतृत्व पनि गरेका थिए । केसी अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष हुन । उनी तुलसीपुर नगरको योग समितिका संयोजक पनि हुन । थुप्रै सामाजिक क्षेत्रमा काम गरिसकेका केसी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरर्गतको वडा क्षेत्रीय प्रतिनिधीमा सर्व सम्मत रुपमा चयन भएका थिए । राष्ट्रियता,लोकतन्त्रको संस्थागत विकासका लागि आफुले उम्मेद्धारी दिएको उनको भनाई छ । पछिल्लो समय नयाँ पुस्ताका युवाको राजनितिमा आकर्षण बढ्दो छ,केसीले भने,–तर नयाँ पुस्ताका युवामा जोस छ त्यसैले पार्टीलाई अगाडी बढाउन नेतृत्व गर्न सक्ने व्यक्तीको खाचो छ । साथै नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसीर ७ अर्थात् भाेलि संघिय निर्वाचन हुदै छ ।