राप्रपा महाधिवेशन : लिङ्देनको पक्षमा खुलिन् रेखा

मङि्सर ०९, २०७८


अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन् ।

लिङ्देन महाधिवेशनमा अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गदैछन् । मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन शुरु हुँदैछ । राजेन्द्रले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री थापा उपस्थित भएकी छन् । रेखाले सबै पार्टीमा युवा पुस्ताको नेतृत्व आउनुपर्ने भएकाले आफूले लिङ्देनलाई साथ दिएको बताएकी छन् ।

रेखा २०७३ सालमा अध्यक्ष कमल थापाको प्रशंसा गर्दै राप्रपामा प्रवेश गरेकी थिइन् ।

राप्रपामा प्रवेश गर्नुअघि उनी नेकपा माओवादी केन्द्र निकट मानिन्थिन् । तत्कालीन नेकपा माओवादीको एक कार्यक्रममा अध्यक्ष प्रचण्डसँग सिंहदरबार अगाडि नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चामा आएकी थिइन् ।