पौष महिनामा महोत्सव सान्दर्भिक छैन : ब्यबसायी

मङि्सर १३, २०७८     शरद रेग्मी


तुलसीपुर, १३। पौष महिनामा ब्यबसायिक महोत्सवहरु सान्दर्भिक नभएको ब्यबसायिहरुले बताएका छन । सोमबार तुलसीपुर उद्योग बणिज्य संघको आकस्मिक बैठकमा बोल्ने बक्ताहरुले जाडो सिजन सुरु भएकै महिनामा महोत्सव सन्चालन गर्दा ब्यबसाय धरापमा पर्ने भन्दै बताएका हुन । फेन्सि ब्यबसायि उपसमितिका सयोजक समेत रहेका रुपेश शर्माले सिजन सुरु हुदै ल्याएका सामानहरु ९ महिना सम्म गोदाममा थन्काउने अबस्था आउन सक्छ बजार महोत्सवले केन्द्रित गर्छ उहाले भन्नुभयो । कोभिडले थिलोथिलो पारेको बजार फेरि उठन समय लाग्ने भन्दै महोत्सवका पक्ष र बिपक्षमा बिभिन्न २४ वटा उपसमितिका पदाधिकारीहरुले बैठकमा आ आफ्नो धारणा रेखेका थिय । फेन्सि लगायत अन्य ब्यबसायको सिजन सुरु हुने हुदा माघ पछि नै महोत्सव सन्चालन गर्नुपर्ने उनिहरुले सुझाब दिएका छन ।

तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको बैठकमा निबर्तमान अध्यक्ष बिरबहादुर रावत, पुर्ब अध्यक्ष बिमल रिजाल, सल्लाहकारहरु अनुपकुमार श्रेष्ठ, मिनराज वलि, बिभिन्न उपसमितिका पदाधिकारीहरु नरेशराज भण्डारि, तिर्थ डागि, हरि कडेल, केशबराज सापकोटा, होताराम आचार्य, दामोदर गुप्ता, मिनराज भण्डारि, ललितजग शाह, रुपबहादुर खत्री, देबबहादुर केसि लगायतकाले बोलेका थिय ।

त्यसैगरि सामाजिक उत्तरदायित्व बहन गर्न पबित्र उदेश्यका साथ सस्थाको उदेश्य अनुसार ब्यापारीक महोत्सव ब्यबसायिक सस्थाहरुले मात्रै लगाउनुपर्ने माग ब्यबसायिहरुले राखेका छन ।यस अघि तुलसीपुर उद्योग बणिज्य संघ र तुलसीपुर उपमहानगरपालिका बिच मेला महोत्सव सन्चालन सम्बन्धि कार्यबिधि तयार गरिएको थियो तर त्यसको सम्झौता तिन बर्ष सम्म पनि हुन सकेको छैन । बाणिज्य सङघले यस अघिनै माघको दोस्रो साता तुलसीपुरमा ब्यबसायिक महोत्सव सन्चालन गर्ने निर्णय गरिसकेको महासचिब बिनिल केसिले जानकारी दिनुभयो ।