‘पशुपति प्रसाद’ को सिक्वेल बनाउँदै दीपेन्द्र

पुष २६, २०७८


फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने तयारी भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् । फिल्मको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेका छन् । कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर उनीहरु बीच छलफल भइरहेको हो । ‘पशुपति प्रसाद’ दर्शक तथा समिक्षा सबैले रुचाएको फिल्म हो ।

फिल्मको छाप दर्शकको मनामा गहिरो भएकोले सिरिज बनाउन दीपेन्द्र जुटेका हुन् । हालै राजधानीमा आयोजिक एक कार्यक्रममा उनले फिल्मको सिक्वेल बनाउनेबारे जानकारी दिँदै यसमा काम गर्न चुनौति भने रहेको बताए । ‘म जहाँ जान्छु ‘पशुपति प्रसाद’ को सिक्वेलको कुरा उठ्ने गरेको छ । मलाई पनि बनाउन मन छ । तर आँट नै आइरहेको छैन दीपेन्द्रले भने ‘कोरोनाले चुनौतीपूर्ण अवस्थामा फिल्म क्षेत्र रहेको बेला ‘पशुपति प्रसाद’ फेरि बनाउनुपर्छ कि भन्ने चाहिँ लागेको छ ।

दीपेन्द्रले पछिल्लो समय निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ आउँदो बैशाख ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । ‘पशुपति प्रसाद’ का लेखक पनि खगेन्द्र हुन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, सजन राई, विभु विप्सन लगायतले मुख्य भूमिका रहेको थियो ।