विमानस्थलमा भिजिटर पास बन्द, स्वागत र बिदाईमा नआउन अनुरोध

पुष २७, २०७८


पुस २७, देशभर कोरोना महामारी तीव्र गतिमा बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गरेको छ । मंगलबार सूचना जारी गर्दै विमानस्थल कार्यालयले वितरण गर्दै आएको भिजिटर पास भी पास बन्द गरिएको जानकारी दिएको हो । विमानस्थल कार्यालयले अति जरुरी परेको अवस्था बाहेक विमानस्थलमा उपस्थित नहुन पनि आग्रह गरेको छ ।

कोरोना सँगै परिवर्तित स्वरुप ओमिक्रोन समेत नेपालमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी विमानस्थल कार्यालयले सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो । त्यस्तै बिदाई र स्वागतका लागि पनि विमानस्थलमा नआउन कार्यालयले जारी गरिएको सूचनामार्फत आग्रह गरिएको छ । विमानमा सवार हुने यात्रू र चालक दललाई स्वास्थ्य मापदण्डको पालना गर्न समेत सचेत गराइएको छ ।