‘सफलताको बाटो’ जिवन बदल्ने खुराक हुन सक्छ : डिल्ली बस्नेत ‘संगीत’

फागुन २८, २०७८     ध्रुव राज न्यौपाने (डि.आर.एन.)



हरेक मान्छे अन्ततः जिवनमा एकपटक महान बन्ने सुन्दर परिकल्पनामा डुविरहेको हुन्छ जुन चाहाना ऊ भित्रको नैसर्गिक चाहाना पनि हो किनकि महान बन्ने महत्वकांक्षा हुनु हरेक मानिसको जिवनको अन्तिम ध्यय हो । उसो त जिवन समस्याको पोको र अवसरको खानी दुवै हो । यो सबै त्यसलाई हेर्ने दृष्टिकोणमा भर पर्दछ । केहि मानिसहरु जिन्दगीका हरेक मोडहरुमा समस्यै समस्या देख्छन भने केहि समस्याको पछाडि सुन्दर अवसरहरु रहेको देख्ने गर्छन । जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझै हरेक दुर्भाग्य पश्चात सौभाग्य प्राप्त हुन्छ । हरेक असफलता नै सफलताकोे परिचय पनि हो ।

जिवनमा सफलता हात पार्नका लागि हरेक मानिसहरु आफ्नो गतिमा दौडिरहेका हुन्छन् । यसरी दौडिनेहरुमा कत सफल हुन्छन् त कति असफल । जिवनमा कसरी सफलता प्राप्त गर्न सकिन्छ,कसरी जिवनलाई सुखी र खुसी बनाउन सकिन्छ,आफ्नो यो अमूल्य जिवन बाच्ने कलालाई कसरी चिन्न सकिन्छ,आफ्नो सोचको अदभूत शक्ति कसरी कसरी बढाउन सकिन्छ,जिवनमा सफलता हात पार्नका लागि कस्ता सुत्र प्रयोग गर्न सकिन्छ भन्ने यावद जिज्ञासा र जानकारी दिने प्रयास गरेका छन् डिल्ली बस्नेत संगीतले । उनले हालसालै एक पुस्तक बजारमा ल्याएका छन् जुन पुस्तक हो ‘सफलताको बाटो’ । उनकै पुस्तकका शव्द सापटि लिएर भन्ने हो भने जित उसैको हुन्छ जसले कामलाई निरन्तरता दिन्छ । लामो समय देखि मिडिया,कला तथा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिदै आएका उनले स्मरण शक्तिमा सुधार ल्याउने अचुक उपायहरु पुस्तकमा लेखेका छन् । खासगरी ‘सफलताको बाटो’ पुस्तक मानिसमा ल्याउने सकारात्मक उत्प्रेरणाको खानी हो ।

तपाई के सोचिरहनु भएको छ भन्ने कुरा तपाईबाहेक अरुलाई थाहा हुदैन तर तपाई राम्रो कुरा सोच्दै हुनुहुन्छ भने तपाई महान बन्न खोज्दै हुनुहुन्छ र नराम्रो कुरा सोँच्दै हुनुहुन्छ भने तपाई आफ्नो जीवनमा आफै जहर घोल्न खोज्दै हुुनुहुन्छ भन्ने कुरा सत्य हो । तपाई जे देख्नुहुन्छ त्यो सत्य होइन, तपाई जे सोच्नुहुन्छ त्यही नै सत्य हो । वास्तवमा त्यही सत्यता नै ‘सफलताको बाटो’ पुस्तक हो ।
सफलताको बाटो तपाईको साथी बन्न सक्छ । साथ त्यो हो जसले जिन्दगी बाच्न सिकाउँछ । जिन्दगीमा आउने अनगिन्ती आरोह अवरोहलाई समाधानको बाटोमा लग्ने प्रेरित गर्छ । पुस्तकमा विभिन्न घटना, परिस्थिति तथा स्थानहरु तथा अनुभव र अनूभूतीहरुलाई र ति तमाम परिवेशलाई मनोवैज्ञानिक रुपले चित्रण गरिएको छ । प्रकृतिभित्र अथाह ज्ञान छ । प्रकृतिलाई खोज्न जान्नु पर्छ । हरेक घटनालाई नजिकैबाट पढ्न जान्नु पर्छ । जिन्दगी पनि घटनै घटनाको श्रृङ्खला हो । ति घटनाहरुले कहि नजिकै आएर धाप मारेका हुन्छन त कही ती घटनाहरुले भूल्नै नहुने चोट दिएर गएका पनि हुन्छन । तर, जेहोस , ती घटनाहरुलाई हामी कसरी लिएका हुन्छौँ ? त्यो चाहीँ महत्वपूर्ण हुन्छ । हरेक घटनाहरुले जिन्दगीलाई पाठ पढाएर गएका हुन्छन । सकारात्मक कोणबाट बुझ्न सके जिन्दगी भनेको स्वर्र्गीय आनन्द हो भने नकारात्मक कोणबाट बुझ्ने हो भने त्यही जिन्दगी फुटेको सिसा जस्तै हो । जसले अन्धकार भन्दा अन्यत्र धकेल्नै सक्दैन ।

जिन्दगीमा कयौँ आरोह र अवरोहहरु पार गर्दै आएका डिल्ली बस्नेत संगीत एउटा यस्तो नाम हो जसले संघर्षको मैदानबाट सफलताको बाटो सम्मको आफ्नो यात्रा तय गरेका छन् । नाम एक तर काम अनेक भनेझै जिवनको हरेक मोडमा कुनै न कुनै पेशामा आवद्ध भएर पनि उनले केही न केही लेखि लेखिरहे । लेख्ने यात्रालाई कहिल्यै विट मार्न दिएनन् ।

लेख्दा लेख्दै थुप्रै पुस्तकहरु तयार भए । थुप्रै पत्रपत्रिकाहरुमा उनका विचारहरु पोखिए । अनि, सडक नाटक, स्टेज नाटक, टेलिसिरियल, चलचित्र हुँदै रेडियो , टेलिभिजनमा पनि उहाँ देखिन पुगे । करिव डेढ दशकको शिक्षण यात्रालाई सजिलैसंग छोडेर उनले आफूलाई मोटिभेस्नल टे«नरको रुपमा परिचित गराएका छन् । जिल्लाका हरेक दुव्र्यसन केन्द्रहरुमा उनले नियमित रुपमा मोटिभेस्नल ट्रेनरको रुपमा काम गरेका छन् । त्यतिमात्र होइन विभिन्न संघसंस्था, शिक्षण संस्थाहरुमा गएर त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई माइन्ड टेक्नोलोजी तालिम पनि दिएका छन् ।
बाहिरको दुनिया भूलभूलैया हो । यो खेलमा हारजित हुनसक्छ । तर आन्तरिक दुनिया भनेको मनको यात्रा हो । यो यात्रामा तपाई थाक्नु भयो र हार्नुभयो भने पक्कै पनि तपाई कहिल्यै जित्न सक्नुहुन्न । मान्छेलाई उठाउने तनले होइन मनले हो भन्ने कुराको प्रमाण पनि यो पुस्तक नै हो ।
विश्वविख्यात चित्रकार पाब्लो पिकासोले एक जना महिलाको अगाडि आधा मिनेटमै लाखौमा बिक्न सक्ने चित्र बनाए । त्यो देख्दा ति महिला आश्चर्यचकित हुदै पिकासोलाई भनिन् आधा मिनेटमै श्रमको मूल्य लाखौ ? यो कसरी सम्भव भयो ? प्रश्नको उत्तरमा पिकासोले मुस्कुराउदै जवाफ दिए यो हेर्दा तिमिलाई आधा मिनेट जस्तो लाग्यो होला तर यसमा मेरो दशकौ वर्षको अथक मिहेनत र साधना छ । हो यस्तै मानिसको जिवनको सफलता भनेको निरन्तरता नै हो भन्ने कुरा पुस्तकले दर्शाएको छ । मानिस एउटा उदेश्यविहिन जिवन वाच्नु भनेको राम्रो कुरा होईन तर लक्ष्य निर्धारण गरेर मानिस अघि वढ्यो भने उसको जिवनको सफलताको रेखांकन गर्नु हो । जर्ज ऐलेनले भनेका छन् प्रतिष्ठा,खुसी र सफलता मानिसमा उसको लगावप्रति निर्भर रहन्छ । यस्तै लगावका साथ अघि बढेका डिल्ली बस्नेत संगीत एक यात्री हुन् । जिन्दगी पनि संघर्षको एक यात्रा नै हो । दह्रो मुटु बनाएर हरेक चुनौतीहरु संग लड्दै अघि बढेका उनी यो यात्रामा थुप्रै क्षेत्र संग जोडिएका छन् । उनले सफलताको बाटो भन्दा अघि करिव एक दर्जन पुस्तक लेखेर बजारमा ल्याईसकेका छन् । ब्रजप्रहार,जिउदो लास,प्रतिविम्म,आशा,संघर्षशिल योद्धा जस्ता पुस्तकहरु लेखिसकेका उनी चलचित्रको क्षेत्रमा पनि कलाकार र कथा लेखकको रुपमा जोडिएका छन् ।

पुस्तकले तपाईलाई म को हुँ भन्ने आत्मबोध गराउँने छ । हरेक नकारात्मक कुराहरुलाई सहजै हटाएर सकारात्मक पक्षले सोँच्न सिकाउनेछ । हरेक नकारात्मक पक्षभित्र सकारात्मकका विजहरु देखाउने छ । विद्यार्र्थी भाइवहिनीहरुलाई पढ्ने कलाको विकास गराउँदै सफलता आफैँभित्र लुकेको हुँदा त्यसलाई बाहिर निकाल्न थप प्रेरित गर्नेछ । पुस्तकले तपाईका विचारहरुलाई र विश्वासहरुलाई प्रभावित पार्न सुरु गरी तपाईको काम गर्ने तौर तरिकालाई समेत सकारात्मक रुपमा प्रभावित गर्नेछ । जसै तपाइले पढेर तिनीहरुलाई जीवनमा लागु गर्नुहुनेछ ती सरल सत्यताको शक्ति देखेर तपाई आश्चर्य मान्नु हुनेछ । पुस्तकलाई तीन भागमा विभाजित गरिएको छ । हरेक भागहरुले महत्वपूर्ण कुराहरु उठाएका छन । आखिर जीवन बदल्ने सफलताको बाटो के हो ? त्यो कुरालाई पुस्तकमा चिरफार गरिएको छ । यो पुस्तकका लेखक डिल्ली बस्नेत संगीतले जीवन बाच्ने कलाहरुको यात्रा गर्दै मनको विशाल परिधीलाई नजिकैबाट नियालेर जिवन बदल्न सक्ने खुराकका रुपमा ‘सफलताको बाटो’लाई चित्रण गरेका छन् ।

लेखक चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निवर्तमान अध्यक्ष हुन् ।
लेखकको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/dhrubarajneupane.drn/

लेखकका अन्य लेखहरु पढ्नका लागि तल क्लीक गर्नुहोस् ।

नाजुक अवस्थामा दाङका सिनेमा हल

अरुबेला हिन्दी फिल्मको बिरोध गर्ने निर्माता अहिले हिन्दी फिल्मकै भरमा