नेकपा एसको बृहत कार्यकर्ता भेलालाई बरिस्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने
चैत्र १९, नेकपा एकीकृत समाजवादी दाङको घोराही स्थित पुरानो बसपार्कको सभागृहमा संचालन हुन लागेको बृहत कार्यकर्ता भेलालाई बरिस्ठ नेता झलनाथ खनालले सम्बोधन गर्नुहुने भएको हो । त्यसअवसरमा नेकपा एकिकृत समाजवादी दाङले शक्ति प्रदर्शन गर्ने प्रचार विभाग प्रमुख कुमालले बताउनुभयो । जिल्लाका दश स्थानीय तह र एक सयवटै वडाबाट नागरिकको सहभागीता रहने उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई विभिन्न पदको जिम्मेवारीसमेत प्रदान गरिएको छ । चुणर्बहादुर वलीलाई, जनपरिचालन उपसमिति संयोजक, गुरुप्रसाद महरालाई संस्कृतिक संयोजक, पाटीका जिल्ला अध्यक्ष शुरामनी बेल्वासेको संयाकत्वमा पाटी प्रवेश समितिको जिम्मेवारी तोकिएको छ ।
यस्तै सचिवालय संयोजक प्रेम बुढालाई स्वयसेवक परिचालन समिति संयोजक, जिल्ला उपाध्यक्ष शोभा शाखालाई मञ्च व्यवस्थापन समितिको संयोजक, जिल्ला उपसचिव डिल्ली पुनलाई आर्थिक समिति संयोजक र प्रचार विभाग प्रमुख दिपक कुमाललाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि तयारीलाई तिब्र पारिएको प्रचार






