नेकपा एस दाङको चुनाव परिचालन समिति संयोजकमा जोग वहादुर राना चयन
चैत २०, २०७८
दाङ, २० चैत । नेकपा एकिकृत समाजवादी दाङले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पार्टीलाई शशक्त रुपमा अगाडि लैजानका लागी आज चुनाव परिचालन समिती गठन गरेको छ । आसन्न चुनावलाई मध्यनजर गरी नेकपा एकिकृत समाजवादी दाङ जिल्ला इन्चार्ज तथा केन्दिय सदस्य जोग वहादुर राना संयोजक रहेको १ हजार १ सदस्यीय चुनाव परिचालन समिती गठन गरीएको छ ।
चुनाव परिचालन समितीमा केन्दिय सदस्य देखी प्रदेश समिति, जिल्ला समिति, वडातहका पदाधीकारी र जनसंगठनका प्रमुखहरु रहेको नेकपा एसका दाङ्ग प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिनुभयो । चुनावलाई मध्यनजर गर्दै जिल्लाका दश वटै पालीकामा चुनावी घरदैलो अभियानलाई तिव्र वनाइएको कुमालले वताउनुभयो ।






